Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

कांग्रेस नेता सिटौलाले  भने : "ओलीको कदमलाई अदालतले सदर गरे गणतान्त्रिक व्यवस्था सकिने"

कांग्रेस नेता सिटौलाले  भने : "ओलीको कदमलाई अदालतले सदर गरे गणतान्त्रिक व्यवस्था सकिने"

आइतवार, फाल्गुण ९ २०७७

  • 681
    SHARES

  • कांग्रेस नेता सिटौलाले   भने : "ओलीको कदमलाई  अदालतले सदर गरे  गणतान्त्रिक व्यवस्था  सकिने"

    विराटनगर,  फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले रोक्नुपर्ने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले  बताएका छन् ।

    प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले रोक्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिएको भन्दै आपत्ति जनाए ।

    ‘शासक पागल जस्तै हुनसक्छन्, रोक्ने काम अदालतको हो,’ उनले भने, ‘ न्यायाधीसले धम्की सामु खुट्टा नकमाई संविधानको व्याख्या गर्नुपर्छ ।’ अदालतले ओलीको कदमलाई सदर गरे अहिलेको गणतान्त्रिक व्यवस्था नै सकिने बताए ।

    ‘अदालत सक्षम भनेर दुनियालाई सन्देश दिनुपर्छ,’ उनले भने, ‘संविधानको रक्षा गर्ने अदालतका लागि यो एतिहासिक अवसर पनि हो ।’ ओली नेतृत्वको सरकारले राज्य आतंक सुरु गरेको उनको भनाइ थियो ।

    विराटनगरसभामा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमूना भएको उनले बताए ।

    ‘अदालतलाई धम्क्याउने, अख्तियार कब्जा गर्ने, लोकसेवा कब्जा गर्ने, सर्वसत्तावादी शैली ओलीले देखाउनु भएको छ,’ उनले भने, ‘यस्तो कदमको भर्त्सना गर्छौं र कांग्रेस यसको विपक्षमा उभिने प्रष्ट पार्दछौं ।’

    आइतवार, फाल्गुण ९ २०७७०८:३१:४८

    डेमो खबर

    सम्बन्धित समाचार