Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

कर्णाली : "प्रदेश शहीदको स्मृतिमा पार्क निर्माण"

कर्णाली : "प्रदेश शहीदको स्मृतिमा पार्क निर्माण"

आइतवार, फाल्गुण ९ २०७७

  • 381
    SHARES

  • कर्णाली :  "प्रदेश शहीदको स्मृतिमा पार्क निर्माण"

     

    कर्णाली,  फागुन । कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा प्रदेश प्राप्तिको आन्दोलनका शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो ।
    छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए ।
    सुर्खेत वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम वीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका शहीदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ ।
    यी चार शहीदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको हो ।
    अभियान निर्माण सेवाले रु एक करोड १३ लाख ५१ हजार लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ ।
    दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ । वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताउनुभयो । पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
    भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लागेको बताउनुभयो ।
    “शहीदहरुकोे सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौँ, पार्क बनेसँगै घुमफिर गर्न आउनेको सङ्ख्या धेरै छ”, उहाँले भन्नुभयो, “पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो÷सेल्फी खिच्न र टिकटक बनाउनेको थामिनसक्नु भीड छ ।”
    पार्क निर्माण भए पनि संरक्षण कसले गर्ने भन्ने अन्योल पनि कायमै छ । वन उपभोक्ता समितिले तत्काल पार्क हस्तान्तरण गर्न वन तथा वातावरण निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गरेको छ तर निर्देशनालयले भने वन समूहको कार्ययोजनामै पार्क स्वीकृति भएकाले सामुदायिक वनले सुरक्षा एवं संरक्षणको जिम्मा लिनुपर्ने बताएको छ । 

    रासस

    आइतवार, फाल्गुण ९ २०७७०९:३९:४८

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार