Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

प्रदेश १ बैठक आज बस्दै :' मुख्यमन्त्री शेरधनविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने '

प्रदेश १ बैठक आज बस्दै :' मुख्यमन्त्री शेरधनविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने '

आइतवार, फाल्गुण ९ २०७७

  • 509
    SHARES

  • प्रदेश  १  बैठक आज  बस्दै    :' मुख्यमन्त्री शेरधनविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने '

    काठमाडौं, फागुन । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आइतबार दिउँसो बस्दैछ । बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

    तर उक्त प्रस्ताव पेशै गर्न नदिने प्रधानमन्त्री केपी शर्मा ओली समूहको योजना छ । नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

    सत्तापक्ष नेकपाको ओली समूहले भने अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीतिमा देखिएको छ । यसअघि पनि ओली समूहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुने सकेको थिएन ।

    गत माघ २५ गते ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो । मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेश सभा भंग गर्ने चेतावनी दिएका छन् ।

    यो चेतावनीपछि प्रदेश सभा भंग गर्न प्रचण्ड–नेपाल समूहका सांसदहरुले चेतावनी दिएका छन् । नेकपाका प्रचण्ड–नेपाल समूहका ३७ सांसदले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

    ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि परेको हो । बागमती प्रदेशमा पनि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ । त्यहा पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    आइतवार, फाल्गुण ९ २०७७०९:०३:१४

    डेमो खबर

    सम्बन्धित समाचार