काठमाडौं, फागुन । राष्ट्रिय महिला लिग सुरु हुँदै गर्दा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको लक्ष्य थियो, उपाधि । ‘गोलमेसिन’ साबित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन र उनलाई साथ दिने टिमले त्यो लक्ष अन्तिम दुई खेल खेल्नु अगाडि नै पूरा गर्यो ।
उपाधि पक्का हुनु अघिल्लो खेलमा साम्बा घाइते भएपछि एपीएफले केही गाह्रो हुने अनुमान गरिएको थियो । तर उपाधि होडमा रहेका त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी अंक बाँडेपछि एपीएफले दुई खेल अगाडि नै उपाधि पक्का गर्यो ।
साथै उनले एउटा चाहना पूरा हुन नसकेको बताइन् । ‘हामीले योजना अनुसार नै लिग जित्यौं’ उनले भनिन्, ‘लिगमा एक गोल नखाई लिग च्याम्पियन बनेर इतिहास रच्न हामी सबैको योजना थियो । त्यो चाँही पूरा हुन सकेन ।’
७ टिम सहभागी महिला लिगमा जम्मा १२ खेल खेलेको एपीएफले ७७ गोल गरेको गरेको थियो । राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको एपीएफले नगरपालिकाका टिमहरुलाई सहजै पराजित गर्यो भने केही खेलमा एपीएफले गोलको वर्षा गर्यो । उसले लिगमा जम्मा एक गोल खायो ।
पुलिसकी अमृता जैसीले गरेको गोल नै एपीएफकी गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बाले खाएको एक मात्र गोल बन्यो । यद्यपि त्यो खेल पनि २-१ को जितेको थियो ।
एपीएफकी कप्तान अनिताले दुई खेलअघि लिग उपाधि पक्का भएपनि सबै खेल जित्नुको खुसी बेग्लै भएको सुनाइन् ।
‘हामी च्याम्पियन त बनिसकेका थियौं, तर मैदानभित्र जितेर ट्रफी उचाल्नु र हारेर उचालेको त निश्चय नै फरक पर्छ’ अनिताले खुशी हुँदै भनिन्, ‘जसरी पनि आर्मीलाई जित्नैपर्छ भन्ने सोचेका थियौं ।’