काठमाडौं, फागुन । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबारको एमिकस क्युरी गीता पाठकले राय दिएसँगै संसद विघटन मुद्दामाथिको बहस सकिएको हो ।
र,बहस सकिएसँगै अब मुद्धा के हुने भन्ने चासो सबैतिर छ । राय दिने एमीकश क्यूरीका पाँच सदस्यमध्ये सबैले प्रधानमन्त्रीले संसद बिघटन गर्ने काम भने असंबैधानिक रहेको जिकीर गरेका छन । त्यसमध्ये एक गीता पाठकले भने प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउने निकीर गरेक िछिन ।
अब योसँगै संसद के हुन्छ त भन्नेतर्फ जिज्ञासा छ, सबैको ध्यान अदालततिर छ । प्रधानन्यायधीश चोलेन्दशमशेर जबराले फैसलाबारे जबराले भने, हेर्दाहेर्दैमा राखेका छन । छिटै निर्णय आउने छ । सरसर्ती न्याधीशको प्रश्न सोधाई, संबैधानिक अवस्था, राय दिने एमीकश क्यूरीका सदस्यको राय हेने हो भने संसद पुनस्थापना हुनेमा सबै क्षेत्र ढुक्क छन । यद्यपी बिघटन गर्ने प्रधानमन्त्री पनि ढुक्क नरहेको सचिवालय स्रोतले बतायो ।
संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसका क्रममा सरकारी अर्थात प्रधानमन्त्री पक्षीय वकीललाई प्रश्न राखेका थिए, संसद पुनस्थापना भए बाहिरको माहोल धान्न सक्छौ ? भनेर प्रश्न राखेका थिए । सबै न्यायधीशको प्रश्न रखाइमा पनि यस्तै अर्थ आउथ्यो । सरसर्ती संबैधानिक ब्यवस्था हेर्ने हो भने बिघटन गर्ने कार्य गलत हो भन्ने आम जनमानसमा धारणा बनिसकेको छ ।
अदालत स्रोतका अनुसार, न्याधीशहरु पनि संबैधानिक रुपमा हेर्दा संसद बिघटन गैरसंबैधानिक नै हो भन्नेमा पुगेका छन । अदालत भावनामा हिडेन मिल्दैन भन्ने नै रहेको जनाइएको छ ।
प्रधानमन्त्रीको संसद बिघटन गर्ने कार्य भावनासँग जोडिएर आएको भन्ने ठम्याई छ । के अदालत भावनासँग खेल्न मिल्छ त ? यही प्रश्न तेर्सिएको छ । यसले संबिधान र कानूनी ब्यवस्थाको धज्जी उडाउने एकथरिको ब्याख्या गराई रहेको जनाइएको छ ।
अर्कातर्फ प्रधानमन्त्री कार्यालय भने संसद पुनस्थापना भए के गर्ने भनेर छलफलमा जुटेको बालुवाटार स्रोत बताउँछ । स्रोत भन्छ, संसद पुनस्थापना भए ६ महिना संकटकाल लगाउने भन्नेमा पुगेको छ ।
बालुवाटार स्रोत सदस्यले भने, संकटकाल लगाउने, अनि छ महिनापछि निर्बाचन घोषणा गरेर बैशाखसम्म सरकार लम्ब्याउने तयारी छ, र सरकारले छ महिना अगाडि भने निर्बाचन गराउन मिल्छ नै, त्यसो भएपछि अबैधानिक पनि नहुने उनीहरुको ठम्याई छ ।
अर्कोतर्फ संकटकाल लगाउने कसरी ? त्यो वातावरण कसरी बनाउने भन्ने चाहिँ जटिल बिषय रहेको भन्नेतफ उनीहरुको अहिले चासो त्यसतर्फ रहेको स्रोतले बतायो । बालुवाटार भने अब संकटकाल लगाउने आधार खोज्न र जातावरण बनाउने तयारीमा लागेको जनाइएको छ ।
अदालतले भने आउदो सोमबारसम्ममा बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् । त्यसपछि अदालत निर्णय प्रक्रियामा जाने जनाइएको छ ।