Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

नेप्से परिसूचक : " सेयर कारोबार करिब १० अंकले उकालो"

नेप्से परिसूचक : " सेयर कारोबार करिब १० अंकले उकालो"

बुधवार, फाल्गुण ५ २०७७

  • 581
    SHARES

  • नेप्से परिसूचक : " सेयर कारोबार  करिब १० अंकले उकालो"

    काठमाडौं, फागुन  । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६११ दशमलव ४५ अंकमा पुगेको छ । मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो ।

    अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा पनि मंगलबार बैंकिङ र विकास समूह बढेको थियो । बुधबार पनि यो क्रम जारी नै रहेको छ । यद्यपि, बुधबार भने बढ्ने समूहमा व्यापार पनि थपिएको छ । व्यापार समूहको सवइन्डेक्स २.०२ प्रतिशतले वृद्धि भएको छ । यो नै आजको सबैभन्दा धेरै बढ्ने समूह हो ।

    यसका अलवा अन्य समूहमा रहेका कम्पनी र म्युचुअल फण्डको समेत सवइन्डेक्स उकालो लागेको छ । होटल, हाइड्रोपावर, फाइनान्स, बिमा र लघुवित्त समूहहरुको सबइन्डेक्स भने घटेको छ । कारोबार रकमका आधारमा बुधबार नेपाल इन्फ्रास्ट्रचर बैंक पहिलो नम्बरमा देखिएको छ । यसको ६९ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

    नविल, ग्लोबल आइएमई र नेपाल बैंक कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा छन् । तीन वटै बैंक मध्ये नविलको कारोबार रकम ४१ करोड रुपैयाँमाथि छ भने ग्लोबल आइएमईको ३६ करोड रुपैयाँ र नेपाल बैंकको ३५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

    कारोबार रकम भने ८ अर्ब रुपैयाँमै रोकिएको छ । मंगलबार १० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार त्यो घटेर ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।

    बुधवार, फाल्गुण ५ २०७७०५:४०:००

    डेमो खबर

    सम्बन्धित समाचार