हेटौंडा, फागुन । आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो ।
तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको छ ।
यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियो ।