Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

आज बागमती प्रदेशसभा बैठक बस्दै : 'अविश्वास प्रस्तावमाथि दलगत धारणा राख्ने तयारी'

आज बागमती प्रदेशसभा बैठक बस्दै : 'अविश्वास प्रस्तावमाथि दलगत धारणा राख्ने तयारी'

बुधवार, फाल्गुण ५ २०७७

  • 501
    SHARES

  • आज  बागमती प्रदेशसभा बैठक  बस्दै  : 'अविश्वास प्रस्तावमाथि  दलगत धारणा राख्ने तयारी'

    काठमाडौं, फागुन । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । नेकपाको प्रचण्ड-माधव समूहको दबावपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो दुई बजे प्रदेशसभा बैठक बोलाएका हुन् ।

    प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजको बैठकमा दलगत धारणा राख्ने तयारी छ ।

    यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पौडेलले अविश्वास प्रस्तावको सामना गर्नुको साटो बैठक रोक्ने कोसिस गर्दै आएका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड-माधव समूहले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

    माघ ९ गते अविश्वास प्रस्ताव टेबुल भएको थियो । तर प्रस्तावमाथि छलफल सुरु हुन सकेको छैन । पछिल्लो पटक यही माघ १९ गते बोलाइएको बैठक अघिल्लो राति आकस्मिक सूचना जारी गर्दै फागुन ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

    त्यसको विरोध गर्दै प्रचण्ड-माधव समूहले प्रदेशसभा सभामुख श्रेष्ठ अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी गर्दै तत्काल बैठक बोलाउन माग गरेको थियो ।

    सो समूहले प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गर्दै प्रदर्शनसमेत गरेको थियो । अविश्वास प्रस्ताव विफल पार्न वा पारित गर्न प्रमुख प्रतिपक्षी कांग्रेसको साथ आवश्यक छ । तर कांग्रेस दुवै पक्षतिर खुलेको छैन । बागमती प्रदेशसभामा नेकपाका ८० प्रदेशसभा सदस्य छन् ।

    यसैगरी कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र १ सदस्य छन् । प्रदेशसभाका कूल ११० सदस्यमध्ये मुख्यमन्त्री पौडेललाई सरकार जोगाउन कम्तिमा ५६ सांसदको साथ चाहिन्छ ।

    तर उनीसँग हाल ३५ सदस्यमात्र छन् । यसैगरी प्रचण्ड-माधव समूहसँग ४५ सांसद छन् । विश्वास प्रस्ताव पास गराउन सो समूहलाई थप ११ सांसदको साथ आवश्यक छ ।

    बुधवार, फाल्गुण ५ २०७७०८:३५:०४

    डेमो खबर

    सम्बन्धित समाचार