काठमाडौं, फागुन । विद्यालय तहको शैक्षिक सत्र असार १ बाट सुरु गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी थालेकाे छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो ।
१ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो ।
शिक्षा सचिव गोपीनाथ मैनालीले विद्यालय तहको शैक्षिक सत्र केही महिना पछाडि धकेलिने सञ्चारकमीलाइ जानकारी दिएका छन । उनले दुई महिना जति ढिलो हुनसक्छ, तर मन्त्रालयले निर्णय भने गरिनसकेको बताए ।
कोरानाका बावजुद जसरी हुन्छ शैक्षिक सत्र खेर जान नदिने गरी काम गरिरहेका छौं । यो वर्षको शैक्षित्र सत्र १४ महिना र आगामी वर्षको शैक्षिक सत्र १० महिनाको हुनसक्छ ।’
यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भएको छ । गतवर्ष कोभिड-१९ का कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो ।
विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउन भएको छ ।