काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका ३३९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ४०१ सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०१ कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ ।
नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८.०५ पुगेकाे छ । यस्तै साे अवधिमा दश सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार ११ पुगेका छन् ।
हाल तीन हजार २४० मा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २४० आइसोलेशनमा र १३२ क्वारेन्टिनमा छन् ।