Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

प्रधानमन्त्री ओलीको ‘संसद विघटनको विरोध गर्ने देश विरोधी हुन्' भन्ने अभिव्यक्तिप्रति कांग्रेसकाे आपत्ति

प्रधानमन्त्री ओलीको ‘संसद विघटनको विरोध गर्ने देश विरोधी हुन्' भन्ने अभिव्यक्तिप्रति कांग्रेसकाे आपत्ति

सोमवार, माघ १२ २०७७

  • 817
    SHARES

  • प्रधानमन्त्री  ओलीको   ‘संसद विघटनको विरोध गर्ने देश विरोधी हुन्'  भन्ने  अभिव्यक्तिप्रति  कांग्रेसकाे आपत्ति

    काठमाडौं, माघ  । ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।  फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।’

    सर्वोच्च अदालतमा भई रहेको बहसलाई प्रधानमन्त्री ओलीले ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो,’ विज्ञप्तिमा भनिएको छ ।

    ‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको छ । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ । उहाँको यो प्रवृत्ति दुःखद् मात्रै होईन, लज्जास्पद पनि छ ।’

    कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई कांग्रेसले चेतावनी दिएको छ ।

    सोमवार, माघ १२ २०७७०७:४३:३१

    डेमो खबर

    सम्बन्धित समाचार