Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

नेपालमा कोरोना : " ३३६ सङ्क्रमित थपिए "

नेपालमा कोरोना : " ३३६ सङ्क्रमित थपिए "

बिहिवार, माघ ८ २०७७

  • 881
    SHARES

  • नेपालमा कोरोना  :  " ३३६ सङ्क्रमित थपिए "

    काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका ३३६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २२६ सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।

    हालसम्म दुई लाख ६२ हजार ८६८ सङ्क्रमित निको भइसकेका छन् । पछिल्लाे २४ घण्टामा नेपालमा पाँच हजार ३० काे अारटी पीसीअार परीक्षणमा ३३६ सङ्क्रमित थपिएका हुन् ।

    नेपालमा अहिलेसम्म बीस लाख ३१ हजार ७५६ वटा पीसीअार परीक्षण भइसकेका छन् । हाल तीनहजार ७९९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म एक हजार ९७९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७९९ जना आइसोलेशनमा र १७२ जना क्वारेन्टिनमा छन् ।

    बिहिवार, माघ ८ २०७७०५:०२:१६

    डेमो खबर

    सम्बन्धित समाचार