Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

तातोपानी नाका : " २० दिनका लागि बन्द , पुलको जग पुन निमार्ण गरीदै"

तातोपानी नाका : " २० दिनका लागि बन्द , पुलको जग पुन निमार्ण गरीदै"

बिहिवार, माघ ८ २०७७

  • 1.1K
    SHARES

  • तातोपानी नाका  : " २० दिनका लागि  बन्द , पुलको जग पुन निमार्ण गरीदै"

    सिन्धुपाल्चोक, माघ । नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निमार्ण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताउनु भएको छ ।

    जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भने ‘तिब्बत सरकारले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र भन्सार कार्यालयलाई बढीमा २० दिन नाका बन्द हुने जानकारी आएको छ’ । प्राबिधिकको सिफारिश अनुसार चीनँ सरकारले मितेरी पुलको जग पुननिमार्ण गर्न थालेको छ ।

    गएकोे बर्षाका बाढीले मितेरी पुलको जग खलबल्लाए पछि चीन सरकारले पुलको मर्मत सुधार गर्न लागेको छ । केही दिन अघि नै खासा र न्यालाम क्षेत्रमा नेपाली ब्यापारीका थुप्रिएका सामान नेपाल ल्याइएको थियो । उक्त सामान नेपाल पठाएपछि मात्र चीनले पुलको जग पुन निमार्ण गर्न लागेको प्रमुख खत्रीले बताए ।

    दुई देशको सीमा क्षेत्रमा रहेको मितेरी पुलको जग पुन निमार्ण गर्न नेपाल पक्षको तातोपानी सुख्खा बन्दरगाहलाई जानकारी गराएर जग पुन निमार्ण गर्न लागेको खत्रीले जानकारी दिएका छन ।

    २०७२ बैशाख १२ को बिनाशकारी भूकम्पले मितेरी पुल आंशिक क्षति पुर्याएको थियो । भूकम्पपछि चीन सरकारले करिब चार बर्ष एकतर्फी रुपमा नाका पूर्णरुपमा बन्द गरेको थियो ।

    २०६६ जेठमा आंशिकरुपमा नाका खुलाए पनि असार महिनामा बाढी र पहिरोको कारण फेरि उक्त नाका बन्द गरिएको थियो । बाढी पहिरोको कारण देखाउदैं चीनले तातोपानी नाका एकतर्फी रुपमा बन्द गदै आईरहेको छ ।

    कोरोना भाइरस देखिएपछि चीनले नाका मनलागे आंशिक खुलाउने त मनलागे पूर्ण रुपमा बन्द गराउदैं आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी दिएका छन । भूकम्पपछि उक्त नाकाबाट अहिलेसम्म कुनै सामान निर्यात नभएको खत्रीले बताएका छन ।

    बिहिवार, माघ ८ २०७७१२:०४:११

    डेमो खबर

    सम्बन्धित समाचार