Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

भारतले प्रदान गरेको १० लाख खोप : "यसरी वितरण हुँदैछ "

भारतले प्रदान गरेको १० लाख खोप : "यसरी वितरण हुँदैछ "

बिहिवार, माघ ८ २०७७

  • 873
    SHARES

  • भारतले प्रदान गरेको १० लाख खोप  :  "यसरी  वितरण   हुँदैछ "

    काठमाडाैँ, माघ । भारतले नेपाललाइ अनुदानमा प्रदान गरेकाे कोभ्याक्समार्फत पहिलो चरणमा आउने खाेपले तीन प्रतिशत जनसंख्यालाई पुग्नेछ ।   भारतले दिएको खोप देशभर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिन पुग्ने स्वास्थ्य सेवा विभागले जनाएकाे  छ ।  

    सरकारले कोभ्याक्समार्फत पहिलो चरणमा आउने तीन प्रतिशत जनसंख्यालाई खोप आउने र त्यो खोप कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिने (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ) र सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सार्वजनिक क्षेत्रका कर्मचारीलाई दिने योजना बनाएको थियो । त्यसपछि ५५ वर्षभन्दाका दीर्घरोगी खोपको प्राथमिकता सूचीमा पर्नेछन् । 

    अहिलेसम्म खोप लगाउने फ्रन्टलाइनरको संख्या यकीन भइसकेको छैन । तर खोप उपलब्धताका आधारमा फ्रन्टलाइनरको समूह छुट्याउने तयारी छ ।  ‘१० लाख डोजले ३ प्रतिशत फ्रन्टलाइनरलाई दिन पुग्छ, हामी प्राथमिकताका आधारमा वितरण गर्छौं ।

    स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा पर्नेछन् । त्यसपछि एम्बुलेस चालक र शववाहन चालक छन् । तेस्रो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ मजदुर पर्नेछन् । ‘शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी पनि तेस्रो प्राथमिकतामा पर्छन्’ डा. गौतमले भने, ‘फ्रन्टलाइनरलाई निजी र सरकारी भनेर छुट्याइएको छैन । प्राथमिकतामा पर्नेहरुलाई समान वितरण गरिन्छ ।’

    यसरी छुट्याइएको प्राथमिकता समूहले खोप लगाएपछि बाँकी रहेमा दीर्घरोगी, सुरक्षाकर्मी र शैक्षिक संस्थामा कार्यरत फ्रन्टलाइनरलाई लगाउने सरकारको योजना छ । उनका अनुसार खोप संस्थागत रुपमा वितरण हुनेछ ।

    स्वास्थ्य सेवा विभागले यसअघि नै स्वास्थ्य संस्थासँग फ्रन्टलाइनरको नामावली माग गरिसकेको छ । खोप अभियान सञ्चालनका लागि कुन समयमा कसले कहाँ खोप प्राप्त गर्ने विवरण समेटिएको सूची नै तयार भइरहेको छ । आज काठमाडौं आइपुग्ने खोप स्वास्थ्य सेवा विभाग, टेकुमा भण्डारण गरिनेछ ।

    त्यसको एक साताभित्रमा वितरण गर्ने तयारी छ । ‘यो मितिमा खोप लगाउन पाइएला भन्न अहिले कठिन छ, किनकी केही प्राविधिक गडबडी भयो भने केही दिन ढिलो हुन्छ’ तर हामी छिट्टै खोप वितरण गर्छौं ।’

    विभागका अनुसार स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । प्रदेशबाट जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप वितरण गरिनेछ ।

    हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने दक्ष जनशक्ति ८ हजार छन् । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनका तयारीका लागि मङ्गलबारदेखि प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।

    १० लाख डोज खोप वितरण गन हाम्रो अहिलेकै स्रोत साधनले भ्याउँने जनाइएकाे छ । , ‘प्राथमिकतामा परेकाले खोप लगाउन छिट्टै पाउँछन् ।’

     

    बिहिवार, माघ ८ २०७७०९:४५:३७

    डेमो खबर

    सम्बन्धित समाचार