Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

विश्व स्वास्थ्य संगठनले भन्याे : "नयाँ कोरोना भाइरसले २०२१ विश्वमा झन् कठिन हुनेछ "

विश्व स्वास्थ्य संगठनले भन्याे : "नयाँ कोरोना भाइरसले २०२१ विश्वमा झन् कठिन हुनेछ "

सोमवार, माघ ५ २०७७

  • 857
    SHARES

  • विश्व स्वास्थ्य संगठनले भन्याे :    "नयाँ कोरोना भाइरसले २०२१ विश्वमा झन् कठिन हुनेछ "

    जेनेभा, माघ ।  नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महफ्वपूर्ण भागमा आमूल परिवर्तन ल्याएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ ।

     कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

    नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार (स्ट्रेन) २० देशमा फैलिइसकेको बीबीसीले उल्लेख गरेको छ ।

    केही समयअघि बेलायतमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा यो छिटो विस्तार हुने क्षमताका रहेको वैज्ञानिकहरूले जनाएका छन्, जसका कारण अफ्रिकी क्षेत्रमा चिन्ता थपिएको छ ।

    त्यसैगरी, जापानमा पनि अधिकारीहरूले नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् । उनीहरूले चार जनामा त्यस्तो किसिमको भाइरसको संक्रमण पहिचान भएको जनाएका हुन् । ती मानिसहरू ब्राजिलमा संक्रमित भएर जापान पुगेका जनाइएको छ ।

    त्यस्तै, स्पेनमा पनि भाइरसको नयाँ प्रकार पुष्टि भएको छ । नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

    नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ । प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा संक्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।

    हालसालै विकसित गरिएका खोपहरूसमेत नयाँ प्रकारका लागि पनि प्रभावकारी हुने विज्ञहरूले जनाएका छन् । यद्यपि, आममानिसहरू यसप्रति विश्वस्त हुन नसकेको देखिएको छ ।

    सोमवार, माघ ५ २०७७०९:१५:४२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार