काठमाडौं, पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । २४ घण्टामा ४१४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।
गत २४ घण्टामा ४ हजार १५४ को पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।