Logo

बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

एकता अभियानका लागि विवेकशील साझाद्वारा राजनीतिक संवाद समिति गठन

एकता अभियानका लागि विवेकशील साझाद्वारा राजनीतिक संवाद समिति गठन

बुधवार, पौष २९ २०७७

  • 237
    SHARES

  • एकता अभियानका लागि विवेकशील साझाद्वारा राजनीतिक संवाद समिति गठन

    काठमाडाै, पुस । विवेकशील साझा पार्टीले अन्य राजनीतिक दलसँग एकता गर्नका लागि केशव दाहालको संयोजकत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ ।

    राजनीतिक संवाद समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य छन् । विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि विवेकशीलले राजनीतिक संवाद समिति गठन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

    मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको पाठकले बताए ।

    राजनीतिक संवाद समितिका संयोजक दाहालले विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

    बुधवार, पौष २९ २०७७१२:४३:३१

    डेमो खबर

    सम्बन्धित समाचार