Logo

बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमद्वारा १४ सदस्यीय टोली घोषणा

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमद्वारा १४ सदस्यीय टोली घोषणा

मंगलवार, पौष २८ २०७७

  • 349
    SHARES

  • पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमद्वारा १४ सदस्यीय टोली घोषणा

    बैतडी । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट भएको छ ।

    गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिता र क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताउनुभयो ।

    सन्तोष भट्टको कप्तानीमा छनोट भएको टोलीमा ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ । टोलीमा उपकप्तान खड्कबहादुर बोहोरा सहित अरुण ऐरी, गजेन्द्र बोहोरा, सन्जु दमाई, सुरज निर्वा, किरन ठगुन, अर्जन सावद, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र सावद र भोजराज भट्ट छन् ।

    वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, दिपेन्दसिंह ऐरी, विक्रम थापा र विकाश आग्रीको नाम छ ।

    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुुदैंछ । प्रतियोगितामा ३ विभागीय र सातवटा प्रदेशका गरी जम्मा १० टोली सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बागमती प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ले छ ।

    मंगलवार, पौष २८ २०७७१२:४८:५३

    डेमो खबर

    सम्बन्धित समाचार