Logo

बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

नेपालमा कोरोना : "४८८ मा संक्रमण पुष्टि"

नेपालमा कोरोना : "४८८ मा संक्रमण पुष्टि"

सोमवार, पौष २७ २०७७

  • 237
    SHARES

  • नेपालमा  कोरोना :   "४८८ मा संक्रमण पुष्टि"

    काठमाडौँ, पुस  । पछिल्लो २४ घन्टामा नेपालमा ४८८ मा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    संक्रमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ काठमाडौँ उपत्यकाका छन् । हालसम्म दुई लाख ६५ हजार २६८ मा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ५२७  कोरोनामुक्त भएका छन् ।

    हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ । यससँगै कोरोना संक्रमणमुक्त हुनेको दर ९७.६ प्रतिशत पुगेको छ । चार हजार ३७३  संक्रमित आइसोलेशनमा छन् ।

    सोमबार १० को कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ ले ज्यान गुमाएका छन् ।

    सोमवार, पौष २७ २०७७०६:५३:४८

    डेमो खबर

    सम्बन्धित समाचार