Logo

बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

क्रिकेटर कुन्दन सिंहको निधन

क्रिकेटर कुन्दन सिंहको निधन

आइतवार, पौष २६ २०७७

  • 1.2K
    SHARES

  • क्रिकेटर कुन्दन सिंहको निधन

    जनकपुरधाम ,पुस । मृगौलामा समस्या देखिएर उपचारमा रहेका क्रिकेट खेलाडीको कुन्दन सिंहको मृत्यु भएको छ । २४ वर्षीय क्रिकेटर सिंहको आइतवार मृत्यु भएको हो । प्रदेश २ को तर्फबाट १९ वर्षमुनिको क्रिकेट प्रतियोगितामा खेलेका कुन्दनको आइतबार बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए ।

    कुन्दनको मृगौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो । महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मृगौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।

    तर आर्थिक समस्याका कारण उनले मृगौला फेर्न सकेका थिएनन् । सरकार पक्षबाट कुनै सहयोग नभएपछि कुन्दनलाई सहयोग गर्न जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरधामम ‘कुन्दन बचाउ अभियान’ चलाएर युवाहरुले करिब सात लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग गरेका थिए ।

    आइतवार, पौष २६ २०७७११:५१:५२

    डेमो खबर

    सम्बन्धित समाचार