Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

प्रतिनिधि सभा विघटन : "आजदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ प्रारम्भ हुँदै"

प्रतिनिधि सभा विघटन : "आजदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ प्रारम्भ हुँदै"

बुधवार, पौष २२ २०७७

  • 837
    SHARES

  • प्रतिनिधि सभा विघटन  : "आजदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ प्रारम्भ हुँदै"

    काठमाडौँ, पुस । प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (आज)देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

    अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । बुधबारदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ ।

    प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् । अदालतले पुस १० गते लिखित जवाफ पेस गर्ने र अन्तिम सुनुवाइको मिति तोकेको थियो । लिखित जवाफ पेसको समय थप नगर्न पनि इजलासले आदेशमै उल्लेख गरेको थियो । साथै २२ गतेबाट अन्तिम सुनुवाइको मिति तोकेको थियो ।

    अदालतले सो आदेशसँगै प्रतिनिधि सभा विघटनसन्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउन आदेश गरेको थियो ।

    यस्तै इजलासले संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पनि माग गरेको थियो । प्रस्ताव पठाउँदा निवेदनसँगै मिति, दर्ता समय खुल्ने सक्कल रजिस्टरसमेत झिकाउन आदेशमा भनिएको थियो ।

    आदेश अनुसारका कागजात संसद्ले सर्वोच्चमा पठाइसकेको छ । यस्तै इजलासले नेपाल बार एसोसिएसनबाट तीन तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई जना अदालतको सहयोगी (एमिकस क्युरी) माग गर्न आदेश पनि गरेको थियो ।

    आदेशअनुसार नेपाल बारले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ । यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता सङ्गौलालाई एमिकसमा सिफारिस गरेको छ ।

     

     

    बुधवार, पौष २२ २०७७०८:०९:५३

    डेमो खबर

    सम्बन्धित समाचार