Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

सेयर बजारमा नयाँ रेकर्ड : 'नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च'

सेयर बजारमा नयाँ रेकर्ड : 'नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च'

बिहिवार, मंसिर ११ २०७७

  • 661
    SHARES

  • सेयर बजारमा नयाँ रेकर्ड  : 'नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च'

     

    काठमाडौं, मंसिर । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले नयाँ रेकर्ड राखेको हो ।

    बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा धेरै हो । यसअघि २०७३ सालमा नेप्से परिसूचक १ हजार ८८१ सम्म पुगेको थियो ।

    त्यसयता लगातार ओरालो लागेको बजार ४ वर्षपछि पहिलेको रेकर्ड तोड्न सफल भएको हो । बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव ८५ अंकले बढेको छ ।

    नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको छ । बिहीबार दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ ।

    यो हालसम्मकै उच्च कारोबार हो । यस अघि एकैदिन ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । अब भने नयाँ रेकर्ड कायम भएको छ । यद्यपि, नेप्सेमा कारोबार हुने अधिकांश उपसमूहरु ओरालो लागेका छन् ।

    बिहिवार, मंसिर ११ २०७७०९:३५:०७

    डेमो खबर

    सम्बन्धित समाचार