Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images
नेपाल - भारत सम्बन्ध

परराष्ट्र सचिवको दुईपक्षीय वार्ता : " दुई देशबीच समस्या समाधानमा छलफल "

परराष्ट्र सचिवको दुईपक्षीय वार्ता : " दुई देशबीच समस्या समाधानमा छलफल "

बिहिवार, मंसिर ११ २०७७

  • 597
    SHARES

  • परराष्ट्र सचिवको दुईपक्षीय वार्ता  : " दुई देशबीच समस्या समाधानमा छलफल "

     

    काठमाडौं,  मंसिर । नेपाल र भारतका परराष्ट्र सचिवको दुईपक्षीय वार्ता  सम्पन्न भएकाे छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी थिए । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको थियो ।

    वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने, ‘छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्या समाधान गर्ने विषयमा छलफल भएको छ ।’

    उनले भने, ‘वार्ता  उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डा वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा उपयोगी छलफल भएको छ ।’ बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीटमार्फत दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ ।

    काठमाडौस्थित भारतीय दूतावासले दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरू चाल्ने सहमति पनि भयो’ दूतावासले भनेको छ ।

    बिहिवार, मंसिर ११ २०७७०८:५७:३९

    डेमो खबर

    सम्बन्धित समाचार