Logo

सोमवार, माघ ५ २०७७Jan 18 2021

images

एकैपटक ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका सबै विद्यालय बन्द

एकैपटक ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका सबै विद्यालय बन्द

शुक्रवार, मंसिर ५ २०७७

  • 549
    SHARES

  • एकैपटक ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका सबै विद्यालय बन्द

      काठमाडौँ, मङ्सिर  ।  हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो ।

    विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए ।

    अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण नदेखिएको उनले बताए ।थापाले भने, ‘कोरोना देखिएकालाई तातोपानी खुवाएर राखिरहेका छौं ।’ संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् ।

    जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।

    करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो ।

    तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको निमित्त प्रअ थापाले बताए ।

    शुक्रवार, मंसिर ५ २०७७१२:१७:२४

    डेमो खबर

    सम्बन्धित समाचार