Logo

शनिवार, मंसिर २० २०७७Dec 05 2020

images
नेकपाभित्रको बिबाद

नेकपा सचिवलय बैठक :  “राष्ट्रपति र चिनियाँ राजदूतको हस्तक्षेप, अप्रिय निर्णय हुन पाएन” 

नेकपा सचिवलय बैठक :  “राष्ट्रपति र चिनियाँ राजदूतको हस्तक्षेप, अप्रिय निर्णय हुन पाएन” 

बिहिवार, मंसिर ४ २०७७

  • 589
    SHARES

  • नेकपा सचिवलय बैठक :  “राष्ट्रपति र चिनियाँ राजदूतको हस्तक्षेप, अप्रिय निर्णय हुन पाएन” 

     

    काठमाडौँ, मंसिर । बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकपछि प्रचण्ड –माधव पक्षले प्रधानमन्त्री ओलीलाई  एउटा पदबाट राजीनामा गराउने भन्ने निर्णय गराउने सुइँको पाएपछि एक्कासी प्रधानमन्त्री राष्ट्रपति कहाँ पुगे । सो पछि राष्ट्रपति र चिनियाँ राजदूतले मिलेर सचिवालय  बैठकले कुनै त्यस्तो निर्णय गर्ने नभई एकता प्रयोजन र कम्युनिष्ट  पार्टीको भविष्य  र छबिबारे उत्पन्न हुनसक्ने बितृष्णाबारे पढाएका थिए । 
    भनेका थिए, यसले दलको राजनीतिक भविष्य समाप्त पार्ने र अधिका दिन बठिन हुने, कसैलाई पनि फाइदा नगर्ने निष्कर्ष निकाल्दै देशमा ‘शासन गर्न नसक्ने’ दलमा रुपमा जनतामाँझ साबित हुने भएकाले बिबादले कसैलाई राम्रो नगर्ने भन्ने निष्कर्ष निकाले । 
    यही कुरालाई अगाडि बढाइयो । यही दबाब पुग्यो सचिवालय बैठकमा । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दलको महाधिबेशनसम्म जाने भन्ने आन्तरिक सहमतिपछि ओलीले आफ्नो प्रतिबेदन ल्याउने त्यसैलाई आधार मानेर अगाडि बढ्ने संभावनाको तयारी गरिने भएको स्रोतले बताएको छ । 
    नेकपाभित्रको विवादमा यसअघिदेखि नै राष्ट्रपति र चिनियाँ राजदूतको सक्रियता रहँदै आएको छ । राष्ट्रपति र  चिनियाँ राजदूतले नेकपा विवाद मिलाउन र विभाजन हुनबाट जोगाउँदै आएका छन । 

     

    बिहिवार, मंसिर ४ २०७७०९:३९:४३

    डेमो खबर

    सम्बन्धित समाचार