Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images
नेकपा विवाद :

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने

बुधवार, मंसिर ३ २०७७

  • 1.4K
    SHARES

  • प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने

     

    काठमाडौ, मंसिर  ।  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन्। 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफूले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन्।

    उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा यसअघि पेश गरेको प्रतिवेदनमाथि जवाफ दिन आफूलाई केही समय लाग्ने बताएका थिए। 

    अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उठाएका प्रश्नहरुको जवाफ दिन आफूलाई केही दिन समय आवश्यक पर्ने बताएपछि सचिवालयको बैठक मंसिर १३ गते बस्ने गरी स्थगित भएको छ। 

     

    बुधवार, मंसिर ३ २०७७०३:३८:४०

    डेमो खबर

    सम्बन्धित समाचार