Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images

नेपाल टेलिकम : 'सफल बन्दै टेलिभिजन परीक्षण'

नेपाल टेलिकम : 'सफल बन्दै टेलिभिजन परीक्षण'

मंगलवार, कार्तिक १८ २०७७

  • 237
    SHARES

  • नेपाल टेलिकम : 'सफल बन्दै  टेलिभिजन परीक्षण'

     

    काठमाडौँ, कात्तिक । नेपाल टेलिकमले आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेर अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो ।
    अहिले कम्पनीकै केही कर्मचारी र सीमित सङ्ख्यामा मात्र यसको परीक्षण भइरहेको छ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले सञ्चारकमीर्लाइ बताएका छन ।   उनले अब परीक्षणको दायरा विस्तार गरेर छिट्टै व्यावसायिक रूपमै टेलिभिजन प्रसारण हुने जनाए ।
    टेलिभिजन प्रसारणसँगै यसको बिलिङ प्रणाली व्यवस्थापनको काम पनि कम्पनीले गरिरहेको छ । दशैँ अगाडि नै कम्पनीले बिलिङ प्रणालीको पहिलो चरणको परीक्षण पनि गरिसकेको प्रबन्ध निर्देशक अधिकारीले थपे । उक्त परीक्षण पनि सफल भइसकेको छ, उनले भने । कम्पनीले हाल उपलब्ध गराइरहेको एफटीटीएच इन्टरनेटमा ग्राहकलाई ल्यान्डलाइन नम्बरसहित राउटरमा टेलिभिजन ‘पोर्ट’ समेत उपलब्ध गराएको छ । कम्पनीले व्यावसायिक रूपमा टेलिभिजन प्रसारण सुरु गरेपछि ग्राहकले सोही पोर्टमा जडान गरेर टेलिभिजन हेर्नसक्ने छन् ।
    टेलिकमले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा तुलनात्मक रूपमा गुणस्तरीय मानिएको एफटीटीएच विस्तारलाई समेत कम्पनीले प्राथमिकतामा राखेको अधिकारीले जनाए । साउनसम्म टेलिकमका दुई लाख १३ हजार एफटीटीएच ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।

    मंगलवार, कार्तिक १८ २०७७१०:३७:५४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार