Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images

काठमाडौं उपत्यका : '१५३५ मा कोरोना भाइरस संक्रमण '

काठमाडौं उपत्यका : '१५३५ मा कोरोना भाइरस संक्रमण '

आइतवार, कार्तिक ९ २०७७

  • 337
    SHARES

  • काठमाडौं उपत्यका  : '१५३५ मा  कोरोना भाइरस  संक्रमण '

     

     

    काठमाडौं, कात्तिक। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ मा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमका १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ मा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६  पुरुष र ६२९  महिला रहेका छन् ।

    काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ । हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ रहेका छन् ।

    ललितपुर जिल्लामा हालसम्म ७८८३  संक्रमित भएका छन् । तीमध्ये ५३९९  निको भएका छन् भने ५४ को मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३  होम आइसोलेसनमा छन् ।

    भक्तपुर जिल्लामा हालसम्म ५३१३ संक्रमित भएका छन् । तीमध्ये ३७६३  निको भएका छन् भने ५६ को मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या १४९४ रहेको छ । भक्तपुरमा १७१९ होम आइसोलेसनमा छन् ।

    आइतवार, कार्तिक ९ २०७७०६:१२:४७

    डेमो खबर

    सम्बन्धित समाचार