Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images
कोरोना भाइरसको प्रकोप

पछिल्लो २४ घण्टा : "नेपालमा थप २८५६ मा कोरोना संक्रमण पुष्टि"

पछिल्लो २४ घण्टा : "नेपालमा थप २८५६ मा कोरोना संक्रमण पुष्टि"

आइतवार, कार्तिक ९ २०७७

  • 353
    SHARES

  • पछिल्लो २४ घण्टा : "नेपालमा थप २८५६ मा कोरोना संक्रमण पुष्टि"

     

    काठमाडौं कात्तिक । पछिल्लो २४ घण्टामा थप २८५६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,  १२ हजार ३११ को पीसीआर परीक्षण गर्दा १७८९  पुरुष र १०६७  महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६  डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

    कहाँ कति संक्रमित ? 

    काठमाडौंमा १२२५, मोरङमा २५७, भक्तपुरमा १६३ र ललितपुरमा १४७, चितवनमा १३४, सुनसरीमा १२९, झापामा ११४ र नवलपरासी पूर्व १०६ संक्रमित भेटिएका छन् । त्यस्तै दाङमा ८४, मकवानपुरमा ६८, नुवाकोटमा ६०, कैलालीमा ५६, तनहुँमा २९, धादिङमा २७, रुपन्देहीमा २५ संक्रमित थपिएका छन् ।

    मन्त्रालयका अनुसार, बागलुङमा २४, बाँकेमा २२, सप्तरीमा १८, धनुषामा १३, उदयपुरमा १२, कञ्चनपुरमा ११, महोत्तरी, सिराहा र रसुवामा १०/१० जना, संखुवासभामा ९, इलाम र अछाममा ८/८ मा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै धनकुटा, काभ्रे, गोरखा र लमजुङमा ६/६ , दैलेखमा ५ , सर्लाही, काभ्रेपलाञ्चोक, स्याङ्जा र कपिलवस्तुमा ४/४ , भोजपुर, रौतहट, बर्दिया र सल्यानमा ३/३ मा संक्रमण पुष्टि भएको छ ।

    दोलखा, सिन्धुली, म्याग्दी, अर्घाखाँची, पाल्पा र रोल्पामा २/२  र सोलुखुम्बु, बारा, रामेछाप, पर्वत, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम र दार्चुलामा १/१ मा संक्रमण पुष्टि भएको छ ।

    आइतवार, कार्तिक ९ २०७७०५:३७:०८

    डेमो खबर

    सम्बन्धित समाचार