Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images
नेपाली कांग्रेस

पर्सामा चौरसिया हत्या : " सरकारलाइ भन्याे, दाेषीलाई कानूनी कार्वाही गर "

पर्सामा चौरसिया हत्या : " सरकारलाइ भन्याे, दाेषीलाई कानूनी कार्वाही गर "

आइतवार, कार्तिक ९ २०७७

  • 717
    SHARES

  • पर्सामा चौरसिया हत्या   :  " सरकारलाइ भन्याे,  दाेषीलाई  कानूनी कार्वाही गर "

     

    काठमाडौं,  कात्तिक । पर्सामा असोज ६ मा भएकाे सत्तारूढ दल नेकपाको स्थानीय दुई समुहबीच  झडप भएकोमा घाइतेमध्ये एककाे  उपचार क्रममा निधन भयाे ।  र दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको  छ । र मृतकको शव अझै अस्पतालमा रहेको सार्वजनिक समाचार विवरणप्रति नेपाली कांग्रेसले आफ्नो ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको जनाएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटना विवरण अत्यन्तै दुःखद रहेको जनाउँदै पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानूनी कार्वाही गर्न नेपाली कांग्रेसका तर्फबाट सरकार समक्ष माग गरेका छन् ।

    कांग्रेसले जारी विज्ञप्तीमा भनिएको छ, ' नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो । तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ ।

    प्रधानमन्त्रीकै जिल्ला झापामा यसबिचमा कयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसविचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन् । पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ ।

    घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कार्वाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो । तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ ।'

    घटनाको निष्पक्ष अनुसन्धान र कानूनी कार्वाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारलाई कांग्रेसले गम्भीर ध्यानाकर्षण र माग गरेको छ । 

     

     

    आइतवार, कार्तिक ९ २०७७११:१६:५५

    डेमो खबर

    सम्बन्धित समाचार