Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images

गण्डकी प्रदेश : कोरोनाबाट थप तीनको मृत्यु

गण्डकी प्रदेश : कोरोनाबाट थप तीनको मृत्यु

आइतवार, कार्तिक ९ २०७७

  • 337
    SHARES

  • गण्डकी प्रदेश : कोरोनाबाट  थप तीनको मृत्यु

     

    पोखरा, कात्तिक । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप तीनको मृत्यु भएको छ । गण्डकी सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान ६ः१५ बजे दिएको जानकारी अनुसार पोखराका तीनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १ का ४२ वर्षीय, पोखरा २८ का ६८ वर्षीय र पोखरा ३१ का ५८ वर्षीय पुरुष छन् । पोखरा १ का पुरुषको पोखरास्थित चरक मेमोरियल, पोखरा २८ का पुरुषको गण्डकी मेडिकल कलेज र पोखरा ३१ क पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमक प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

    मृत्यु हुने तीनमा नै निमोनियाको समस्या रहेको बताइएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२जना पुगेको छ । यस्तै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ६४४९ जना पुगेको छ ।

     

     

    आइतवार, कार्तिक ९ २०७७१०:५२:१६

    डेमो खबर

    सम्बन्धित समाचार