Logo

शनिवार, मंसिर २० २०७७Dec 05 2020

images

कर्णाली प्रदेश : 'मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत'

कर्णाली प्रदेश : 'मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत'

शुक्रवार, कार्तिक ७ २०७७

  • 533
    SHARES

  • कर्णाली प्रदेश : 'मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत'

     

     

    सुर्खेत, कात्तिक। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

    मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले भने, ‘अविश्वासको प्रस्तावको पक्षमा शून्य मत पर्यो । प्रस्ताव दर्ता गराउने कुनै पनि सांसद बैठकमा उपस्थित हुनु भएन ।’

    यसअघि २५ असोजमा नेकपाकै नेता यामलाल कँडेलसहित १८ प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पछि नौले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।

    प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा आज बसेको दलको बैठकमा पूर्वमाओवादी पक्षका १० र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ८ जना उपस्थित थिए ।

    पूर्वमाओवादीका एक सांसद ठम्मर विष्ट काठमाडौंमा छन् । उनले मुख्यमन्त्री शाहीप्रति लिखित समर्थनको पत्र पठाएका थिए ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका पूर्वमाओवादी पक्षका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने आजको बैठकमा सहभागी थिएनन् 

    शुक्रवार, कार्तिक ७ २०७७०६:४६:२९

    डेमो खबर

    सम्बन्धित समाचार