Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images
अमेरिकाले भन्याे

एमसीसी अनुमाेदन : "नेपालको बुझाइलाई अद्यावधिक गर्न तयार"

एमसीसी अनुमाेदन : "नेपालको बुझाइलाई अद्यावधिक गर्न तयार"

बिहिवार, कार्तिक ६ २०७७

  • 569
    SHARES

  • एमसीसी अनुमाेदन  : "नेपालको बुझाइलाई अद्यावधिक गर्न  तयार"

     

    काठमाडौं कात्तिक । अमेरिकाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्याक्टका प्रावधान सम्बन्धी नेपाल सरकारको बुझाइलाई सघाउन र अद्यावधिक गर्न एमसीसी तयार रहेको बताएको छ ।

    के अमेरिका एमसीसीका प्रावधान संशोधन सम्बन्धमा काठमाडौँस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिचीआलेनले ‘नेपाल सरकारका प्रश्नको जवाफ दिँदै कम्प्याक्टका प्रावधानसम्बन्धी बुझाइलाई सघाइ र अद्यावधिक गर्न एमसीसी तयार छ ।’

    उनले सन् २०१७ मा एमसीसी कम्प्याक्टमा हस्ताक्षर गर्नुअघि नेपाल सरकार र एमसीसी दुवैले औपचारिक वार्ताको क्रममा प्रत्येक प्रावधानको पूर्ण रुपमा पुनरावलोकन गरेर त्यसमा सहमत भएको उल्लेख गरेकी छन् ।

    उनले अगाडि भनिन्, ‘त्यस समयमा नेपाल सरकार र एमसीसी परियोजनाको सफल कार्यान्वयनका लागि निश्चित प्रारम्भिक क्रियाकलापहरु आवश्यक रहेको कुरा ठहर गरे । नेपाल सरकारले यीमध्ये केही क्रियाकलाप पूरा गरिसकेको छ ।

    जस्तै कम्प्याक्ट अन्तर्गतको विद्युत परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा तोकिसकिएको छ भने अन्य क्रियाकलापमा समेत प्रगति भइरहेको छ । यी प्रारम्भिक क्रियाकलाप पूरा भएपछि कम्प्याक्टको ठूलो आकारको क्रियाकलापमा समेत प्रगति भइरहेको छ ।’

    उनले यी प्रारम्भिक क्रियाकलाप पूरा भएपछि कम्प्याक्टको ठूलो आकारको रकम उपलब्ध हुने र कप्याक्टको महत्वपूर्ण काम शुरु हुने बताइन् ।

    एमसीसी अनुमोदनको लागि पछिल्लो पटक जुन ३० को डेडलाइन तोकिएको थियो । त्यसपछि एमसीसीको नयाँ डेडलाइन पनि तोकिएको छैन । नेपालले डेडलाइन अगाडि बढाउन आग्रह गरेपनि अहिलेसम्म केही पनि निर्णय भएको छैन ।

    त्यसैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको कार्यदलले यसका केही प्रावधान संशोधन गरेर पारित गर्न सुझाव दिएपनि सरकारले अहिलेसम्म संशोधनको लागि अमेरिकासँग कुनै पनि प्रस्ताव गरेको छैन ।

    एमसीसीको अनुमोदनको लागि अमेरिकाले कहिलेसम्म कुर्छ भन्ने प्रश्नमा दुतावासकी प्रवक्ता रिचिआलेनले भनिन्, ‘एमसीसी अनुदान अझै पनि नेपालका लागि उपलब्ध छ तर यसको उपलब्धता अनन्तकालका लागि भने होइन । कम्प्याक्टलाई सम्भव बनाउनको लागि नेपाल सरकारले यसलाई अनुमोदन गर्न र परियोजनाका बाँकी प्रारम्भिक क्रियाकलाप चाँडै पूरा गर्न आवश्यक छ ।’

    अमेरिकाले आफ्नो प्रतिद्धतालाई अगाडि बढाउने र गरिबी न्यूनीकरणमार्फत नेपाली जनताको आर्थिक वृद्धिमा सहयोग पु¥याउने परियोजनालाई समर्थन गर्नका लागि कम्प्याक्ट सम्झौतालाई अनुमोदन गर्नेमा आशावादी गरेको दूतावासले जनाएको छ ।

    नेपालमा एमसीसी कम्प्याक्ट संसदीय अनुमोदन किन गर्ने भन्ने प्रश्न पनि उठिरहेको छ । संसदीय अनुमोदनको आवश्यकताबारे प्रवक्ताले भनिन्, ‘नेपाल सरकारको कानुनी रायको आधारमा एमसीसी र नेपाल सरकार कम्प्याक्टको संसदीय अनुमोदनका लागि सहमत भएका हुन् ।

    संसदीय अनुमोदनको साथ अगाडि बढ्ने जिम्मेवारी नेपालको हो र सो अनुमोदन कम्प्याक्ट कार्यान्वयनको दिनमा अगाडि बढ्न महत्वपूर्ण कदम समेत हो ।’

    उनले अनुमोदनबाट नेपाल सरकार नेपालमा आर्थिक वृद्धि र विकासका लागि ठोस लगानी सम्बन्धी कार्य पूरा गर्न तयार छ भन्ने सन्देश नेपाली नागरिक, सम्भावित लगानीकर्ता, अन्य दातृ निकाय र अन्तर्राष्ट्रिय समुदाय माझ प्रवाह हुने बताइन् ।

    नेकपाभित्रको आन्तरिक विवादका कारण दुई बर्ष अगाडि नै हुनुपर्ने संसदीय अनुमोदन अझै हुन सकेको छैन । सम्झौताका केही प्रावधान संशोधन गर्नुपर्ने आवाज उठे पनि कुन कुन प्रावधान संशोधन गर्ने भन्नेमा सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन ।

    साभार : अनलाइन खबर
     

    बिहिवार, कार्तिक ६ २०७७०६:१२:३०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार