Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images
कहाँ कति थपिए संक्रमित ?

नेपालमा काेराेना : "थप ३ हजार ६३७ मा संक्रमण पुष्टि, हालसम्म ८१२ को मृत्यु "

नेपालमा काेराेना : "थप ३ हजार ६३७ मा संक्रमण पुष्टि, हालसम्म ८१२ को मृत्यु "

बिहिवार, कार्तिक ६ २०७७

  • 477
    SHARES

  • नेपालमा काेराेना :  "थप ३ हजार ६३७ मा  संक्रमण पुष्टि,  हालसम्म ८१२ को मृत्यु  "

     

     

    काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा १२४९ महिला र २३८८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ को मृत्यु भएको छ भने १ लाख २ हजार ८२०  संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र ३२१५ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ को आईसीयू र ८७ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

     

    कहाँ कति थपिए संक्रमित ?

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकमा मात्र १५५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ छन् ।

    यस्तै मोरङका ६७०, सुनसरीका २२६, रुपन्देहीका १२६, मकवानपुरका १०१, झापाका ८८, चितवनका ८३, कास्की र दाङका ५४/५४ जना, धादिङका ५२, कैलालीका ४५, नुवाकोटका ४३, गोरखा र कपिलवस्तुका ३४/३४, सिन्धुपाल्चोकका ३०, दैलेखका २५, धनुषाका २४, सप्तरीका २३, बारा र गुल्मीका २१/२१ जना, पर्सा र नवलपुरका १९/१९, अर्घाखाँचीका १३, उदपयुरका १२ तथा रामेछाप र लमजुङका ११/११ मा संक्रमण देखिएको छ ।

    सिराहा र तनहुँका १०/१०, काभ्रेका ९, दोलखा, अछाम र बैतडीका ७/७ , रौतहट, सर्लाही, पर्वत र स्याङ्जाका ६/६, धनकुटा र रुकुम पश्चिमका ५/५ , ओखलढुंगा, महोत्तरी र सल्यानका ४/४, डोल्पा, कञ्चनपुर र कडेडधुराका ३/३, खोटाङ, बाग्लुङ, सुर्खेत र दार्चुलाका २/२ तथा इलाम, पाँचथर, सोलखुम्बु, रोल्पा, कालीकोट, जाजरकोट, मुगु डोटी र बाजुराका १/१ मा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    बिहिवार, कार्तिक ६ २०७७०५:२६:२५

    डेमो खबर

    सम्बन्धित समाचार