Logo

शुक्रवार, मंसिर १२ २०७७Nov 27 2020

images
सामाजिक विकास मन्त्रालय

बागमती सरकार : "अस्पताललाई भन्याे, संक्रमितको निशुल्क उपचार गर "

बागमती सरकार : "अस्पताललाई भन्याे, संक्रमितको निशुल्क उपचार गर "

बुधवार, कार्तिक ५ २०७७

  • 565
    SHARES

  • बागमती  सरकार : "अस्पताललाई भन्याे, संक्रमितको निशुल्क उपचार  गर "

     

    काठमाडौं,  कात्तिक । बागमती प्रदेश सरकारले कोरोना संक्रमित सबै नागरिकको निशुल्क उपचार गर्न कोरोना विशेष अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ ।

    संघीय सरकारले कात्तिक २ गतेदेखि आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अन्यसँग भने कोरोना परीक्षण र उपचारको रकम लिने संघीय सरकारको निर्णय थियो ।

    तर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८ वटा कोरोना विशेष अस्पताल, १३ वटै जिल्ला स्वास्थ्य कार्यालय र धुलिखेलको जनस्वास्थ्य प्रयोगशालालाई पत्र लेखी संघीय सरकारले निशुल्क उपचार गर्नेबाहेक अन्य नागरिकको पनि निशुल्क उपचार गर्न भनेको छ ।

    सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार संघीय सरकारको निर्णयअनुसार लक्षित वर्गबाहेक अन्य नागरिकलाई समेत हाल प्रदान गरिरहेको सेवा साविकको विधि, प्रक्रिया अनुसार निरन्तरता दिन अस्पतालहरुलाई भनिएको छ ।

     

    हेर्नुहोस् पत्र

     

     

    बुधवार, कार्तिक ५ २०७७०८:४७:३२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार