Logo

शुक्रवार, मंसिर १२ २०७७Nov 27 2020

images
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

वाइडबडी खरिद प्रकरण : " अनुुसन्धान रिपोर्ट लेखा समितिमा"

वाइडबडी खरिद प्रकरण : " अनुुसन्धान रिपोर्ट लेखा समितिमा"

बुधवार, कार्तिक ५ २०७७

  • 613
    SHARES

  • वाइडबडी खरिद प्रकरण : " अनुुसन्धान रिपोर्ट लेखा समितिमा"

     

    काठमाडौँ, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ । आरोपितको बयान, कागजात परीक्षणलगायतका प्रक्रिया पूरा भए पनि मूल्यबारे बिक्रेता कम्पनीले जवाफ नदिएको अख्तियारले लेखा समितिलाई पठाएको पत्राचारमा उल्लेख छ ।

    बिक्रेता एयर बसले मूल्य कूटनीतिक प्रक्रियाबाट मात्र उपलब्ध गराउन सकिने जवाफ अख्तियारलाई दिएको छ । अख्तियारले पठाएको पत्रमा कूटनीतिक पहल जारी रहेको उल्लेख छ ।
    समितिले असोज ८ गते वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिनको प्रगति विवरण माग गरेको थियो । समितिको माग अनुसार अख्तियारले वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिन प्रगति विवरण समितिलाई पठाएको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।


    गाेरखापत्रमा नारायण काफ्ले  लेख्छन,   एयर बससँग वाइडबडी खरिदमा अनियमितता भएको भन्दै समितिले समेत छानबिन गरेको थियो । समितिले छानबिनको प्रारम्भिक जानकारीसहित विस्तृत अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिलाई प्राप्त पत्राचार अनुसार अख्तियारले अहिले विमान खरिदको मूल्य प्राप्त गर्न कूटनीतिक पहल जारी राखेको छ । हालसम्म सरोकारवाला र खरिद प्रक्रियामा संलग्न सबैको बयान अख्तियारले सकेको छ । यस्तै खरिद प्रक्रियाको कागजात परीक्षणको काम भइरहेको जवाफ अख्तियारले समितिलाई पठाएको छ ।

     थप प्रमाणको खोजी
    यस्तै अख्तियारले सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियाबारे थप प्रमाणको प्रतीक्षा भइरहेको जवाफ समितिलाई पठाएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासमेत जोडिएको उक्त प्रकरणमा उजुरीकर्तासँग थप प्रमाण माग भइरहेको जवाफ अख्तियारको छ ।
    अख्तियारले उक्त प्रकरणमा उजुरकर्तासँग अडियोको पूर्ण रूपमा माग गरेको तर उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको जानकारी समितिलाई पठाएको छ । अख्तियारले पठाएको पत्रमा सरोकारवाला मन्त्री, मुद्रण विकास समितिका पदाधिकारी लगायतका बयान सम्पन्न गरेको जानकारी समितिलाई पठाएको छ । 

    बुधवार, कार्तिक ५ २०७७०६:३२:०७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार