Logo

सोमवार, कार्तिक १० २०७७Oct 26 2020

images
कोरोना भाइरसको संक्रमण

नेपालमा कोरोना : " तीन हजार १६७ सङ्क्रमित थपिए"

नेपालमा कोरोना : " तीन हजार १६७ सङ्क्रमित थपिए"

शनिवार, कार्तिक १ २०७७

  • 261
    SHARES

  • नेपालमा कोरोना  : " तीन हजार १६७ सङ्क्रमित थपिए"

     

    काठमाडौं, कात्तिक । नेपालमा कोरोनाभाइरसका तीन हजार १६७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ को आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार १६७ मा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एकलाख २९ हजार ३०४ पुगेको छ । हाल ३८ हजार ७३७ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।

    शनिवार, कार्तिक १ २०७७०४:२८:२९

    डेमो खबर

    सम्बन्धित समाचार