Logo

सोमवार, कार्तिक १० २०७७Oct 26 2020

images

पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या

पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या

शनिवार, कार्तिक १ २०७७

  • 101
    SHARES

  • पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या

    काठमाडौं, कार्तिक।  फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या भएको छ । आक्रमणकारीले ती शिक्षकको टाउको काटेर हत्या गरेको बताइएको छ ।

    ती शिक्षकले आफ्ना विद्यार्थीलाई ‘चार्ली हेब्डो’ पत्रिकाले छापेको पैगम्बर मोहम्मदको कार्टुन देखाएपछि हत्या भएको प्रहरीले जनाएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो ।

    प्रहरीले आक्रमणकारीलाई गोली हानी मारेको छ । आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन ।

    फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए ।

    त्यसपछि यसै महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी गरेका थिए ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनामा इस्लामिक आतंकवादीको हात रहेको आरोप लगाउनुभएको छ ।

    शिक्षामन्त्री ज्याँ माइकल ब्लेंकरले शिक्षकमाथिको आक्रमण फ्रान्समाथिको आक्रमण भएको बताउनुभएको छ ।

    उहाँले एकता र दृढतासँग मात्र इस्लामिक आतंकवादसँग लड्न सकिने बताउनुभएको छ ।(एजेन्सी)

    शनिवार, कार्तिक १ २०७७११:१८:५०

    डेमो खबर

    सम्बन्धित समाचार