Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

इन्डियन प्रिमियर लिग : बैंगलोरलाई राजस्थानको चुनौती

इन्डियन प्रिमियर लिग : बैंगलोरलाई राजस्थानको चुनौती

शनिवार, कार्तिक १ २०७७

  • 121
    SHARES

  • इन्डियन प्रिमियर लिग : बैंगलोरलाई राजस्थानको चुनौती

    काठमाडौं, कार्तिक।  युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

     

    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोर छैटौं जितको खोजीमा हुनेछन् । अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

    राजस्थानलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ । तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउन बैंगलोरलाई सहज हुने छैन । राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ । ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

    बैंगलोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

    यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो । बैंगलोरविरुद्ध राजस्थानले कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।

    बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडीको साथ रहने छ ।

    शनिवार, कार्तिक १ २०७७११:१६:३६

    डेमो खबर

    सम्बन्धित समाचार