Logo

सोमवार, कार्तिक १० २०७७Oct 26 2020

images

दशैंमा टीका टाढैबाट लगाउनु : सीसीएमसी

दशैंमा टीका टाढैबाट लगाउनु : सीसीएमसी

शनिवार, कार्तिक १ २०७७

  • 301
    SHARES

  • दशैंमा टीका टाढैबाट लगाउनु : सीसीएमसी

    काठमाडौं, कार्तिक।  दशैंमा टीका लगाउँदा भौतिक दूरी कायम गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै नागरिकलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले नजिकै बस्दा भाइरस सर्न सक्ने सम्भावना हुन्छ ।

    यसैकारण सकेसम्म दूरी कायम गरेर टीका थाप्न वा लगाइदिन केन्द्रले अनुरोध गरेको हो । केन्द्रका अधिकृत दिलीपकुमार महर्जनका अनुसार टीका लगाइदिने मान्यजनलाई रुघाखोकी लागेको छ भने त टाढैबाट आशीर्वाद लिन केन्द्रले अनुरोध गरेको छ । साथै टीका लगाउने व्यक्ति संक्रमित छ भने टीका लगाइदिने ज्येष्ठ नागरिकलाई झन् बढी जोखिम हुन्छ ।

    यसर्थ दशैंमा टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेको छ । यस्तै सरकारले यसअघि नै यस वर्षको दसैंमा धेरै ओहोरदोहोर नगर्न र आफू बसेकै ठाउँमा रहेर मनाउन अनुरोध गरिसकेको छ ।

    शनिवार, कार्तिक १ २०७७१०:१४:३०

    डेमो खबर

    सम्बन्धित समाचार