Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images
मानव अधिकार परिषद

राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा नेपाल फेरि चुनियो, नेपाललाई १५० मत

राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा नेपाल फेरि चुनियो, नेपाललाई १५० मत

बुधवार, आश्विन २८ २०७७

  • 3.5K
    SHARES

  • राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा नेपाल फेरि चुनियो, नेपाललाई १५० मत

    काठमाडौं, असाेज  । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ ।

    नेपाल मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभएको छ ।

    यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने मौका मिलेको हो ।

    गएराति भएको मतदानमा नेपालले १५० भोट प्राप्त गर्‍यो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ । मन्त्री ज्ञवालीले नेपाललाई सहयोग गर्ने सबै मुलुकप्रति आधार पनि व्यक्त गर्नुभएको छ ।

    एशियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

    बुधवार, आश्विन २८ २०७७०८:१९:४६

    डेमो खबर

    सम्बन्धित समाचार