Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images
कर्णाली प्रदेश सरकार

नेकपा कर्णाली : " नेता नेपालले बचाए मुख्यमन्त्री शाहीलाइ"

नेकपा कर्णाली : " नेता नेपालले बचाए मुख्यमन्त्री शाहीलाइ"

मंगलवार, आश्विन २७ २०७७

  • 365
    SHARES

  • नेकपा कर्णाली  :  " नेता नेपालले बचाए मुख्यमन्त्री शाहीलाइ"

     

    काठमाडौं, असाेज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

    मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।

    स्रोतका अनुसार, नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो । यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

    संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार विहान १ बजे संसदीय दलको बैठक बोलाएका छन् ।

    मंगलवार, आश्विन २७ २०७७०५:०८:५४

    डेमो खबर

    सम्बन्धित समाचार