Logo

सोमवार, कार्तिक १० २०७७Oct 26 2020

images

प्रदेश ५ : प्रदेशसभा वैठक, विपक्षीद्वारा नाराबाजी

प्रदेश ५ : प्रदेशसभा वैठक, विपक्षीद्वारा नाराबाजी

सोमवार, आश्विन १९ २०७७

  • 333
    SHARES

  • प्रदेश ५  : प्रदेशसभा वैठक,  विपक्षीद्वारा नाराबाजी

     

    बुटवल, असोज । प्रदेश ५ प्रदेश सभाको वैठक बुटवलमा सुरु भएको छ । वैठक सुरु हुनासाथ नेपाली कांग्रेसले बोल्न समय माग गरेपछि नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले बोल्न सुरु गरे । उनले बाेल्ने बितिकै नाराबाजी शुरू भएकाे र बैठक केही बेरका लागि स्थगित गरिएकाे छ ।  
    यसैगरी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले सरकारको प्रस्तावको पक्षमा मतदान गर्न नेकपाका सा सांसदहरुलाई ह्विप जारी गरेको छ ।

    विहान अबेर बसेको दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिनुभएको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
    स्मरणीय छ प्रदेश ५ मा कूल ८७ सदस्यमध्ये नेकपाका मात्रै ६१ सांसद छन । सरकारको प्रस्ताव पारित हुन ५८ मत चाहिन्छ । नेकपाकै सांसदहरुले सरकारको प्रस्तावको पक्षमा मतदान गरे सरकारको प्रस्ताव सजिलै पारित हुने संभावना छ ।

    यता बुटवलमै राजधानी हुनुपर्दछ भन्ने लबिङ गरिरहेका र सरकारको प्रस्तावमा लिखित असहमति जनाएका नेकपाका १४ सांसदले संसदीय दलको ह्विप अनुसार मतदान गरे भने सरकारको प्रस्ताव पारित गर्न सजिलो हुनेछ । प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

    सोमवार, आश्विन १९ २०७७०१:५५:३५

    डेमो खबर

    सम्बन्धित समाचार