Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

सोचलाई वास्तविकताको तयारी गर्दै हल्ट प्राइज

सोचलाई वास्तविकताको तयारी गर्दै हल्ट प्राइज

शुक्रवार, आश्विन १६ २०७७

  • 657
    SHARES

  • सोचलाई वास्तविकताको तयारी गर्दै हल्ट प्राइज

    विभिन्न समस्याहरु दिनहु हाम्रो समाजमा देखिरहेका हुन्छन, कुनै प्रत्यक्ष र कुनै अप्रत्यक्ष। कुनै समस्याहरु तत्काल समाधान हुने हुन्छन भने कुनै वर्षौ सम्म हामी सँगसँगै रहने हुन्छन। कुनै समस्याहरु मानव समाजद्वारा निर्मित हुन्छन भने कुनै समस्याहरु प्रकृतिक रुपमा देखा पर्दछन। यस्ता विश्वव्यापी समस्याहरुलाई विचारको धाराबाट प्रकट गरि समाधान गर्नुलाई नै हल्ट प्राइज भनिन्छ। 
    विद्यार्थीको लागि नोबल पुरस्कारू मानिने हल्ट प्राइजललाई हल्ट प्राइज फाउन्डेसनले संयुक्त राष्ट्रसङ्गको सहकार्यमा आयोजना गर्ने गरेको छ। प्रत्येक वर्ष विश्वव्यापी रुपमा देखिएका समस्याहरु जस्तै भोकमारी, प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्याहरुको समधानको लागि एउटा विषय निरधारण गर्दछ। हल्ट प्राइज प्रतिस्पर्धा सन २०२०,२१ को लागि "Food for Good: Transforming food into a vehicle for change" विषय छनोट गरिएको छ । यस वर्षको हल्ट प्राइजको चुनौतीले दिगो विकासका ७ वटा लक्ष्यहरु पूरा गर्ने सोच राखेको छस् दिगो विकास लक्ष्य १, २, ३, ८, ९, १० र १२। यसको समाधान र यसका वैकल्पिक पाटाहरुलाई केलाउदै प्रतिस्पधीहरुले प्रतिस्पर्धामा उत्रिनु पर्दछ र आफ्नो प्रोजेक्टलाई व्यवसायमा उतार्न पर्दछ र अगामी १ दशक भित्र एक करोड मानिसलाई रोजगार दिन पर्दछ। 
    सन २००९ देखि सुरु भएको र पहिलो वर्षमा नै २५ देशका एक हजार विद्यार्थीहरु सहभागी भएको हल्ट पाइज प्रतिस्पर्धामा अहिले आएर विश्वका १२० भन्दा बढी देशका २ हजार भन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरु भाग लिन्छन। हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजले पनि हल्ट प्राइजको On Campus कार्यक्रम आयोजना गर्दै छ। हाल पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु यस हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजले आयोजना गर्न लाएको On Campus कार्यक्रममा भाग लिन सक्नु हुन्छ। विद्यार्थीहरुले ३ देखि ४ जना सदस्यको समूह बनाई हल्ट प्राइजको २०२०/२१ को चुनौतीले पेश गरेको समस्याको समाधान खोजी, उक्त समाधानलाई व्यवसायिक बनाउन पर्दछ। On Campus कार्यक्रमको विजेता अघिल्लो चरणमा पुग्नु हुनेछ। एक वर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले १० लाख अमेरिकी डलर पुरस्कार स्वरूप पाउनु हुनेछ। 
    यस १० लाख अमेरिकी डलर जितेर आफ्नू समाज र आफ्नू देशमा परिवर्तन ल्याउन सक्ने अवसर दिन, हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेज हाम्रो पोखरा विश्वविद्यालयमा आइ पुगेको छ। हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजको आयोजक समिती गठन भइसकेको र तिव्र गतिमा काम भइराखेको क्याम्पस निर्देशक निरज वि।क।ले बताउनु भयो। यस कोरोना महामारीको समयमा पनि उक्त कार्यक्रमलाई कसरी आयोजना गर्न सकिन्छ भनेर आयोजक समितीले तयारी गरेको बताइएको छ। डिसेम्बर १५, २०२० सम्ममा आयोजना भैसक्न पर्ने On Campus कार्यक्रम, हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजले डिसेम्बर १० सम्ममा आयोजना गरिसक्ने कुरा बताइएको छ। यो प्रतिस्पर्धा नयाँ सोच भएका युवाहरुको लागि आफ्नू देशमा परिवर्तन ल्याउने र आफ्नू सपनालाई यथार्थ पार्ने सुनौलो अवसर रहने छ। पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई हाम्रो यस हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजमा आफ्नू पोजेक्ट ल्याएर आफ्नू विचारलाई विश्वसामु ल्याउन प्रोत्साहन गर्दछौं।


    रोवट राज उपाध्याय
    नेपाल इन्जिनियरिङ कलेज
    पोखरा विश्वविद्यालय

    शुक्रवार, आश्विन १६ २०७७०४:२७:५३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार