Logo

सोमवार, कार्तिक १० २०७७Oct 26 2020

images
नेपाल-चीन सीमा विवाद

चीनले भन्याे : " भवन चिनियाँ खण्डमा नै छ, सीमाबारे निकट सम्बन्ध "

चीनले भन्याे : " भवन चिनियाँ खण्डमा नै छ, सीमाबारे निकट सम्बन्ध "

बुधवार, आश्विन ७ २०७७

  • 609
    SHARES

  • चीनले भन्याे  :  " भवन  चिनियाँ खण्डमा  नै छ, सीमाबारे निकट सम्बन्ध "

     

    काठमाडौं, असाेज । नेपालसँग जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको चीनले दाबी गरेको छ । उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनको सत्य तथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।

    हुम्लाको लाप्चा बगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको समाचार सार्वजनिक भएपछी चीनको यस्ताे धारणा आएको हो ।

     चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै , ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ’ भनेको छ ।

    नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै काठमाडौंस्थित  चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

    ‘चीन र नेपाल मित्रवत् छिमेकी हुन्, नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको चीनले सधैँ सम्मान गरेको छ,’  नेपालस्थित चिनियाँ दूताबासका लुआन सिउतानले जारी गरेको नोटमा भनिएको छ, ‘सञ्चार माध्यमले उल्लेख गरेका भवन नेपाल-चीन सीमाको चिनियाँ खण्डमा रहेको कुरा प्रमाणित भएको छ ।

    लुआनले अगाडि भनेका छन्, ‘नेपाली पक्षले  पुनः परीक्षण गर्नसक्छ । नेपाल र चीनबीच कुनै भौगोलिक विवाद छैन।' 

    बुधवार, आश्विन ७ २०७७१२:१६:३८

    डेमो खबर

    सम्बन्धित समाचार