Logo

सोमवार, कार्तिक १० २०७७Oct 26 2020

images
आज नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद हेरफेरमा छलफल हुने 

उपाध्यक्ष गौतम र प्रबत्ता श्रेष्ठको नाम प्रस्तावित हुँदै : “के गर्छन त अब ओली ?”

उपाध्यक्ष गौतम र प्रबत्ता श्रेष्ठको नाम प्रस्तावित हुँदै : “के गर्छन त अब ओली ?”

सोमवार, आश्विन ५ २०७७

  • 601
    SHARES

  • उपाध्यक्ष गौतम र प्रबत्ता श्रेष्ठको नाम प्रस्तावित हुँदै : “के गर्छन त अब ओली ?”

     


    काठमाडौँ, असोज । आइतबार बसेको नेकपा सचिवालय बैठकले मन्त्रीपरिषद पुनःगठन गर्ने निर्णय गरेपछि नेकपाभित्र ‘अघोषित शक्ति प्रदर्शन’ को खेल सुरुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएपछि नेतृत्वले  आा –आफ्ना पक्षकालाई मन्त्री बनाउने खेल सुरु भएको हो । तर को –को हट्ने, को –को नयाँ मन्त्री बन्ने भन्ने बिषय चाहिँ छलफल हुन बाँकी नै छ ।
    पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको विकल्प पेश गरेको सचिवालय स्रोतले जनाए पनि त्यो बिकल्प मान्य भने नहुने सचिवालयका एक बरिष्ठ सदस्यले डेमोखबरलाई बताए । ।
    यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको हल्ला गलत भएको बताउँदै मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न आश्वासन दिएर आफ्नो अनुकुल नै बनाउने सोचमा थिए । तर पार्टी बैठकले निर्णय गरेपछि प्रधानमन्त्री ओली बाध्य भएको 
    पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीले सुझाएका विकल्पमा भने आफ्ना पक्षधर मन्त्री भने यथावत राख्ने मनसाय पेश गरेका छन । यसमा आफ्ना ‘हनुमान’ भने नछोड्ने  नै उनको पहिलो विकल्प पेश गरे ।  यति लामो मन्त्रिपरिषदमा बसेर केही मन्त्रीले ‘नामभन्दा बदनाम’ कमाएर भ्रष्टाचार अराजकता ‘मच्चाए’ पनि छोड्ने पक्षमा नदेखिएको एक सचिवालय सदस्यले बताए । यसले पार्टीको ‘इमेज’ गिराए पनि मतलव नराख्ने भन्ने कस्तो स्वाभाव हो प्रधानमन्त्री ओलीको ! उनले थपे ।      
    बैठकमा प्रधानमन्त्रीले यसलाई प्रस्ताव ल्याए पार्टीको भावना समेटेर काम गर्ने आश्वासन दिएर जान्छन, फर्केपछि वालुवाटार पुगेपछि सोच बदल्छन र उनको हैकमवादी चरित्र देखाउँछन, एक केन्द्रिय सदस्यले भने ।  सोमबार, आज,  बस्ने बैठकमा निर्णय भएपनि फेरि त्यही चरित्र देखियो, उनले भने । 

    bamdev-and-narayankaji-11122017073405.jpg

    वालुवाटार स्रोतले डेमोखबरलाई भने,  ‘मन्त्रिपरिषद कसरी पुनर्गठन गर्ने बारेमा अध्यक्ष एवं प्रधानमन्त्रीले सुझाव मात्रै माग्नुभएको हो’ उनले थपे,  ‘सुझावका लागि नै विभिन्न विकल्प आएका हुन ।’
    तापनि आजको सचिवालय बैठकमा भने पेश गरिने मन्त्रीको नामावलीमा उपाध्यक्ष बामदेव गौतम र  प्रबत्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्तावित हुने निश्चित छ । यी नाम आएपछि प्रधानमन्त्री ओलीको छटपटाउने जनाइएको छ । किनकी अहिलेसम्म प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा कसैलाई ‘चुईक्क’ बोल्न नै नदिई काम गर्दै आएका थिए । यी ब्यत्तित्व मन्त्रिपरिषदमा आएपछि ओलीको त्यो ‘हैकमवादी प्रबृत्ति र मनोमानी’ चल्दैन, सचिवालय सदस्यले बताए ।  
    अहिले हैसियत र क्षमता बिनाका मन्त्री राखेर एकातिर पार्टीको बदनाम भो , अर्कोतिर नेकपा भ्रष्टाचारी र अराजकताबादी दल हो भन्ने जनतामा ‘छाप’ पारेकोे उनले थपे ।  
    आईतबारको सचिवालय  प्रकाश लगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बैठकमा बताएका थिए ।
    पार्टी एकतापछि पूव माओवादीको हेडक्वार्टरमा पहिलो चोटि आयोजना गरिएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका थिए । ‘सबै मन्त्रीलाई एक साथ हटाउनुभन्दा राम्रो काम गरेकालाई निरन्तरता दिनुपर्छ’ बैठकमा प्रचण्डले भने, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ’ भन्ने  धारणा राखेको ती सदस्यले बताए ।

     

     

    सोमवार, आश्विन ५ २०७७०९:४९:५३

    डेमो खबर

    सम्बन्धित समाचार