Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज

बुधवार, भाद्र ३१ २०७७

  • 305
    SHARES

  • इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज

    काठमाडौं, भदाै । घरेलु टिम इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल म्यान्चेस्टरमा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

    यो खेल निर्णायक भएकाले ओल्ड ट्राफोर्डमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्ला दुई खेलमा दुवै टिमले एक/एक जित निकालेका छन् । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले २४ रनले जितेको थियो ।

    तीन खेलको सिरिज एक/एक को बराबरीमा रहेकाले आजको खेल निर्णायक हुनेछ । विश्व विजेता इंग्ल्याण्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन । इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ट्वान्टी ट्वान्टी सिरिज समेत २–१ ले जितिसकेको छ ।

    बुधवार, भाद्र ३१ २०७७११:३९:४०

    डेमो खबर

    सम्बन्धित समाचार