Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images
कोरोना कहर:

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

बुधवार, भाद्र ३१ २०७७

  • 453
    SHARES

  • कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं, भदाै  । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

    निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम् अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

     

    कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले बताए । ‘उहाँमा हल्का ज्वरो र रुघाखोकी देखिएको छ ।

    स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ,’ प्रवक्ता अधिकारीले भने ।

    कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

    बुधवार, भाद्र ३१ २०७७११:११:०८

    डेमो खबर

    सम्बन्धित समाचार