Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images

अख्तियार : 'वीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्रप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा'

अख्तियार : 'वीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्रप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा'

मंगलवार, भाद्र ३० २०७७

  • 413
    SHARES

  • अख्तियार  : 'वीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्रप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा'

     

    काठमाडौं, भदाै  ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा  विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    उपकुलपति दासविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोपमा मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाए ।

    सार्वजनिक पदमा वहाल रहँदा दासले पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान गरेको अधिकारीको भनाइ छ ।

    २०५० साल असार २७ गते सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गतेसम्मको अवधिमा सो रकम भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

    सार्वजिनक पदमा रहँदा दासको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसा रहेकोमा उनले सोही अवधिमा १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको देखिन आएको आरोप पत्रमा उल्लेख छ ।

    मंगलवार, भाद्र ३० २०७७०४:०६:०९

    डेमो खबर

    सम्बन्धित समाचार