Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images

विराटनगर : "२४ दिनपछि हट्यो निषेधाज्ञा"

विराटनगर : "२४ दिनपछि हट्यो निषेधाज्ञा"

सोमवार, भाद्र २९ २०७७

  • 417
    SHARES

  • विराटनगर  :  "२४ दिनपछि हट्यो  निषेधाज्ञा"

     

     

    विराटनगर, भदाै  । विराटनगरमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटाइएको छ । भदौ ५ बाट सुरु भएको निषेधाज्ञा सोमबार बिहानबाट हटाएको हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङमा भरी जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको थियो ।

    जिल्ला सुरक्षा समितिले ५ भदौबाट आंशिक र ११ भदौबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । १६ र २२ भदौमा निषेधाज्ञा खुकुलो बनाउँदै थप गरिएको थियो ।
    २२ भदौमा साझ ७ बजेसम्म बजार खुला गर्ने अनुमतिसहित निषेधाज्ञाको एकसाता थप गरेको थियो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले सरकारले गरेका कडाई सीमा र सतर्कता राखेर निषेधाज्ञा हटाएको बताए ।

    सुरक्षा समितिले सरकारले तोकेको मापदण्ड पूरा गरेर बजार र पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने र औषधि पसलहरु नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।

    सार्वजनिक यातायात बन्द गरेर सिटी सफारी जोरविजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गर्दै दुईजना मात्रै यात्रु राखेर सञ्चालन गर्न आग्रह गरेको छ ।

    होटल तथा रेस्टुरेन्टबाट ‘होम डेलिभरी’को सुविधा दिए पनि भेटघाट र भेलाजम्मा हुन रोक लगाइएको छ । ९ बजे रातिबाट बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक १० वर्षसम्म र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई कुनै पनि काममा घर बाहिर आवत जावतमा रोक लगाइएको छ ।

    सोमवार, भाद्र २९ २०७७०७:५५:२२

    डेमो खबर

    सम्बन्धित समाचार